दक्षिण अफ्रिकाका एक २३ वर्षे युवक तीनजना युवतीद्धारा बलात्कारको शिकार बनेका छन् । पीडित युवक पूर्वी प्रेटोरियास्थित नेल्मापियसका हुन् । डेली मेलका अनुसार आफ्नो गन्तब्यमा हिँडिरहेका युवकले रोकेको ट्याक्सीमा पहिले नै तीनजना युवती बसिरहेका थिए । उनी चढेको केही समयपश्चात् ड्राइभरले रुट परिवर्तन गरे र उनलाई अगाडिको सिटमा बस्न बाध्य बनाए ।
डेली मेलले दिएको जानकारी अनुसार ती युवकलाई त्यसपछि सुई हालियो र उनी बेहोस भए । दक्षिण अफ्रिकाको पुलिस सर्भिस क्याप्टेन कोलेट वेल्ब्याचले भने, ‘त्यसपछि उनले आफूलाई अपरिचित ठाउँको एक कोठाको सिंगल बेडमा पाएको बताए ।’
‘त्यसपछि ती महिलाले उनलाई इनर्जी ड्रिङ्क पिउन बाध्य बनाएर दिनमा थुप्रै पटक पालैपालो बलात्कार गरे ।’ करिब १ सातापछि पीडितलाई अर्धनग्न अवस्थामा एक खेतमा फालिएको र उनले न्यायका लागी प्रहरीको अपिल गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया