०७२ भदौमा कैलालीको टीकापुर काण्ठका दोषि भनिएका रेशम चौधरीलाई शेरबहादु देउवा नेतृत्वको सरकारले १ करोड ७४ लाख रुपैयाँ दिने निर्णय गर्यो ।
७ जना प्रहरी र एकजना नाबालाक सहितको ज्यान जाने गरी भएको हत्या काण्डको मूख्य दोषी मानिएका चौधरी लामो समयदेखि भूमिगत रहँदै आएका थिए । नेपाल प्रहरीले उनलाई कर्तव्य ज्यान मुद्धामा मूख्य अभियुक्त बनाएको छ ।
उनै चौधरीलाई सरकारले १ करोड ७४ लाख रुपैयाँ दिने भएपछि सरकारको निर्णयको सर्वत्र आलोचना भएको छ । तर, चौधरीले भने फेसबुक मार्फत आलोचकहरुलाई जवाफ फर्र्काएका छन् ।
आन्दोलनकारीले तोडफोड गरेको फुलबारी रिसोर्टको तस्वीर फेसबुकमा पोस्ट गरेर उनले भनेका छन्, ‘ हल्ला मच्चाउनेहरु हो ! मेरो फुलबारी रिसोर्ट र एफएम अनि जलेर खरानी भएका तस्बिर हेर, मलाई त के नेपालका पहिलो द्वन्द निर्देशक गोपाल भुटानीको सालिक पनि छोडेनौ । मैले पुरुस्कार पाएको होईन जलाइएको सम्पतिको थोरै अंश पाएको हुँ ।’
उनले अगाडि भनेका छन्, ‘डाह इर्ष्या लाग्छ भने मेरो जस्ताको त्यस्तै बनाइदेउ अनि सरकारले दिएको लैजाउ । मलाई नचिन्ने, सुदुर पश्चिमको टिकापुर नचिन्नेले अध्यन र अवलोकनका लागि आउनु, निःशुल्क भात खुवाएर झुपडीमा सुताउँला । जथाभावी लेख्ने, बोल्नेहरु, घटना थाहा नपाई जे पायो त्यही ओकल्नु उचित हुँदैन ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीको रुपमा भारत भ्रमणमा जाँदा अभियुक्त चौधरीलाई दाहाललाई भारतमै भेटेका थिए । तर, दाहालको सचिवालयले भने सार्वजनिक कार्यक्रममा नचिनिने गरी उपस्थिति भएर प्रधानमन्त्रीसँग भेटेको बताएको थियो ।

तत्कालिन प्रधानमन्त्री पुष्षकमल दाहालसँग भेट गर्दै चाैधरी (बायाँ)तत्कालिन प्रधानमन्त्री पुष्षकमल दाहालसँग भेट गर्दै चाैधरी (बायाँ)
दाहाल नेतृत्वकै सरकारले टीकापुर काण्डका अभियुक्तहरुको मुद्धा फिर्ता लिने तयारी गरेको थियो । संसदको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारको निर्णय विरुद्ध संसद अवरोध गरेर विरोध गरेपछि दाहाल नेतृत्वको सरकार उक्त निर्णयबाट पछि हटेको थियो ।
भलै, माओवादीकै समर्थन सहित बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले चौधरीलाई झण्डै दुई करोड रुपैयाँ दिने निर्णय गरेको हो । – नेपालीपत्र
फेसबुकबाट तपाईको प्रतिक्रिया