लन्डन । आइसीसी च्याम्पियन्स ट्रफीमा आज पाकिस्तानले एतिहासिक जित हासल गरेको छ ।
भारतले टस जितेर पहिले फिल्डीङ रोजे पछि ब्याटिङ्गमा उत्रेको पाकिस्तानले ३३८ रन बनाएको थियो । उक्त लक्ष पाउन भारतले ब्याटिङ्ग सुरु गर्दै झड्का पाउन सुरु गरेको थियो रोहित शर्मा आउट भएर । त्यसको केहि बल मै जव बिराट कोहली पनि आउट भए तव भारत स्तब्ध भएको थियो ।
३३९ रन को लक्ष पुरा गर्न भारतले गरेको कोशिस मात्र १५८ रन बनाउदै अलआउट भयो । अन्तराष्ट्रिय क्रिकेटको फाइनल म्याचमा भारतलाई पाकिस्तानले हराएको यो नै हो पहिलो रेकर्ड ।
पाकिस्तानले मात्र ४ विकेटको क्षेतीमा पुरा ५० ओभर खेल्दै ३३८ रन बनाएको थियो । पाकिस्तानको तर्फबाट फखर जामामले सबधिक ११४ रन बनाए । त्यसै गरि अजहर अलिले ५९ रन, मोहम्मद हफिजले ५७ र बबर अजामले ४६ रन बनाएका थिए ।
यता भारतका ब्याट्समेनहरु खासै जम्न नसके पनि हार्दिक पाण्डेले भने सर्बाधिक ७६ रन बनाउन सफल भएका थिए | आशा गरिएका भारतीय ब्याट्समेन रोहित शर्मा सुन्य रन मै आउट भए भने अर्का खेलाडी बिराट कोहली पनि ५ रन मै आउट भए ।
भारतलाई स्तब्ध बनाउने पाकिस्तानी बलर थिए अमिर र हसन अलि , जसले लिए ३ र ४ विकेट ।
विश्वकप, च्याम्पियन्स ट्रफी तर ट्वेन्टी–ट्वेन्टी विश्वकप गरी आइसिसीले आयोजना गरेका प्रतियोगितामा भारत र पाकिस्तानबिच अहिलेसम्म १५ पटक खेल भएको छ । त्यसमा भारत १३ पटक विजयी भएको छ । दुई पटक मात्रै पाकिस्तानले भारतलाई हराउन सकेको छ । एक दिवसीय क्रिकेटमा भने विगत पाकिस्तानको पक्षमा छ ।
दुई देशबिच अहिलेसम्म भएका एक सय २८ खेलमा पाकिस्तान ७२ खेलमा विजयी भएको छ भने भारतले ५२ खेल जितेको छ । चार खेल भने नतिजा बिहिन अवस्थामा सकिएका छन् । अहिले बलियो देखिएको भारतीय टिम सुरुवाति चरणमा एक दिवसीय क्रकेटमा पाकिस्तानले भन्दा धेरै खेल हार्ने गरेको थियो । तर पछिल्लो क्रममा भारतले जितको क्रम बढाएको छ । भारत र पाकिस्तानबिच एक दिवसीय क्रिकेट पहिलो पटक सन् १९७८ मा खेलिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया