काठमाडौँ, १९ भदौ – भरतको राजधानी दिल्लीमा गोलो रोटी बनाउन नजानेको भन्दै एक श्रीमानले आफ्नी गर्भवती श्रीमतीको हत्या गरेका छन्।

एक वर्ष लिभिङ्ग टुगेदरमा बसेर पाँच वर्ष अघि बिवाह बन्धनमा बधिएका यी जोडीको सधैँ गोलो रोटी नबनाएकै विषयमा झगडा हुने गरेको उनकी ४ वर्षीय छोरीले बताएकी छन् । एउटा सामान्य कुरा गोलो रोटि नबनाएको विषयमा भएको  झगडाले अन्तत हत्याको रुप लियो। आरोपित श्रीमान्ले शनिवार राती श्रीमतीको हत्या गारेको बताएको छ। घटनमा सनिवार रातीको भए पनि यसको जानकारी भने आइतबार बिहान ४ बजे तिर मात्र भएको थियो।

मृतकका भाइले दिदीलाई भुइँमा ढलिरहेको र उनकी चार वर्षीया छोरीलाई ढोका बन्द गरेको थुनेको अवस्थामा देखेपछि यसबारे प्रहरीलाई जानकारी गराएका थिए । चार महिनाकी गर्भवती सिम्रनलाई अस्पताल पुर्याइए पछि उनलाई मृत घोषणा गरेको छ । उनका श्रीमान् फरार छन् । उनकी चार वर्षीया छोरीले आमाबुवाबीच सधैंजसो रोटीको विषयमा झगडा हुने गरेको बताइन् ।

‘मेरी आमाले मिठो खाना पकाउनुहुन्थ्यो तर रोटीको आकारका कारण बुवा सधैं रिसाउनुहुन्थ्यो ,’ प्रहरीलाई बयान दिँदै युवतीले भनिन् । शनिबार राती करिब साढे १० बजेतिर भएको झगडामा श्रीमानले गर्भवती श्रीमतीको पेटमा लात्तीले हानेका थिए । आफूले आमालाई बचाउन खोजेपनि उनका बुवाले उनलाई कोठामा घिसारेर लगेको र ताल्चा लगाइदिएको छोरीको भनाइ छ । त्यसको केही बेरपछि उनले श्रीमानको घाँटी थिचे । – बिगुल न्युजबाट साभार