काठमाडौँ – बुधवार सिताराम कट्टेल ‘धुर्मुस’ले आफ्नो जन्मदिनको अवसरमा सन्तपुरमा आयोजित एक कार्यक्रममा  रौतहको सन्तपुरमा वस्तीको निर्माण कार्य सुरु भएको जनाएका छन् ।

बाढिको समस्यामा परेको माझी, मुसहर, हजाम र देशार वस्तीहरुको लागि ५ करोड ७५ लाखमा वस्ती निर्माण सुरु गरिएको र आउदो माधसम्म निर्माण कार्य सक्ने योजना  सिताराम कट्टेल ‘धुर्मुस’ बताउछन् । यस वस्तीको निर्माणमा २ नम्बर प्रदेशका होटल ब्यबसायी संघ लगायत अन्य स्थानीय पनि संलग्न रहेको कुरा सिताराम कट्टेलले बताएका छन् ।

भुकम्पपछि सामाजिक कार्यमा जुडेका सिताराम कट्टेल र उनकी श्रीमती कुञ्जना घिमिरेले  धुर्मुस-सुन्तली फाउण्डेशन मार्फत थुप्रै मानव परोपकारका कार्यहरु गरिसकेका हुन् । यस  फाउण्डेशनले गिरान्चौर र मुसहरहरुका लागि वस्ती निर्माण गरि सकेका छन् र अहिले भने  रौतहको  सन्तपुरमा वस्तीको निर्माणमा ब्यस्त हुने भएका छन् । – बिगुल न्युज