शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले टोटनहमको पोस्टमा गोलको वर्षा गराएको छ । सिटीले आफ्नो १७ औं विजयी यात्रालाई जारी राख्दै बलियो प्रतिद्धन्दी टोटनहमलाई सहज रुपमा हराएको छ ।
सिटीको घरेलु मैदानमा सम्पन्न खेलको १४ औं मिनेटमा नै घरेलु टोलीले अग्रता लिएको थियो । सानेको पासमा गुन्डोगनले हेडिङमार्फत गोल गरेका हुन् । पहिलो हाफमा १–० ले अघि रहेको सिटीले दोस्रो हाफको ७० औं मिनेटमा अर्को गोल थप्यो । गुन्डोगनको पासमा केभिन डी ब्रुयनलेले गोल गरे । ७५ औं मिनेटमा डी ब्रुयनलाई डि बक्समा लडाएपछि पाएको पेनाल्टीको सदुपयोग गाब्रियल जेससले गर्न सकेनन् । तर, खेलको ८० औं र ९० औं मिनेटमा राहेम स्टर्लिङले गोल गर्दै सिटीलाई ४–० गोलले अग्रता दिए । उता टोटनहमको तर्फबाट खेलको इन्जुरी समयमा क्रिस्टियन एरिक्सनले सान्त्वना गोल गरे ।

१८ खेल खेलेको सिटी अंक तालिकाको शिर्ष स्थानमा कायम छ सिटीले ५२ अंक जोडेको छ भने १७ खेल खेलेको म्यान्चेस्टर युनाइटेडको मात्र ३८ अंक रहेको छ ।
त्यस्तै, शनिबार राति नै सम्पन्न खेलमा लेस्टर सिटीलाई क्रिस्टल प्यालेसले ३–० ले हराएको छ । अन्य खेलहरुमा आर्सनलले न्यूक्यासललाई १–० ले, चेल्सीलेृ साउथह्याम्टनलाई १–० ले हराएको छ । – नेपालीपत्रबाट
फेसबुकबाट तपाईको प्रतिक्रिया