इटालियन फुटबलमा पछिल्लो पटक निकै चर्चित नाम हो पाउलो ड्याबला । उनलाई कतिले ‘लियोनल मेस्सी’ सँग पनि तुलना गर्छन् । उनको खेल्ने शैली पनि केही हदसम्म लियोनल मेस्सीसँग मिल्ने गर्छ । युभेन्ट्स क्लबमा आएपछि आफ्नो सानदार खेलमा क्रमशः विकास गरे । टिममा प्रशिक्षकको पहिलो रोजाइको खेलाडी बन्नु पनि महत्वपुर्ण उपलब्धी मानिन्छ । सानो उमेरदेखि नै कडा मेहनत गर्ने उनले प्रशिक्षकहरुलाई पनि आफ्नो खेल्ने शैलीले रिजाउन सके ।
मध्यम परिवारमा हुर्केका उनको जन्म सन् १९९३, नोभेम्बर १५ भएको थियो । उनी यस संसारमा आउनु अघि नै उनको पिता एडोल्फ ड्याबलाले भविष्यवाणी गरेका थिए कि उनको सन्तान चर्चित फुटबल खेलाडी बन्नेछ ।
यस अघि उनका तीन सन्तान जन्मिसकेका थिए । उनले भनेका थिए,‘मेरो एक सन्तान एउटा उदेश्यका साथ जन्मिनेछ । फुटबल खेल्नका लागि’
पिताको भविष्यवाणीको सार्थकता तब मिल्यो जब पाउलोले सानो उमेरमा नै फुटबलप्रति अत्याधिक रुची देखाउन सुरु गरे । उनलाई फुटबल खेलाडी बनाउन एडोल्फले कडा मेहनत गर्दै पैसाको जोहो गर्न थाले । फुटबल ट्रेनिङका लागि आवश्यक पर्ने सबै सामाग्रीहरु उनले जुटाउन हरसम्भव प्रयास गरे ।
उनले कमाएको ठुलो धनराशी पाउलोमाथि खन्याए । उनले आफ्नो भविष्यवाणी सही भएको देखाउनुभन्दा पनि पाउलोको सपना साकार पार्न संघर्ष गरे ।
पाउलोले एक मिडिया अन्तर्वार्तामा भनेका थिए,‘मेरो बुबाले मेरो साथ कहिल्यै छोड्नु भएन । म बाल्यकाल छँदा उहाँले सधै ट्रेनिङ गराउन लैजानुहुन्थ्यो । मलाई खेल्ने पर्याप्त समय नदिदाँ म बाथरुममा बसेर रुने गर्थे ।’
जब उनलाई आफ्नो बुबाको अत्यन्त मदतको आवश्यकता थियो तब नै पिताको मृत्युको पिडा उनले सहन पर्यो । सन् २००८ सेप्टेम्बरमा क्यानसरका कारण एडोल्फको मृत्यु हुनपुग्यो । उनी आज पनि ति दिनहरुलाई सम्झेर रुने गर्छन् ।
उनको परिवारको पुस्ता पोल्याण्डको क्रासनिओ गाउँबाट थिए । आज उनको परिवार अर्जेन्टिनामा बसिरहेका छन् । दोस्रो विश्वयुद्धताका उनको हजुरबुबा बोरसअ ड्याबाला जो पोल्याण्ड जन्मिएका थिए, अर्जेन्टिना भागेका थिए । नाजीहरुले क्रासनिओ गाउँलाई आफ्नो अधिन बनाएपछि उनी भागेका थिए ।
उनको हुजुरआमा भने इटालियन हुन् । डा मिसाका पुस्ताहरु इटालीमा रहेका छन् । पाउलोले सन् २०१२ को अगस्टमा इटालीको नागरकिता लिएका थिए । उनी पोल्याण्ड, इटाली, अर्जेन्टिना जुन देशबाट पनि खेल्न सक्ने अधिकार रहेको छ ।
पाउलोको जेठो दाई गुस्टाबो ड्याबलाले फुटबल खेल्ने इच्छा देखाएका थिए । उनले केही समय फुटबल खेलेपनि तर निरन्तरता भने दिन सकेनन् ।
हाल उनी आफ्नो बिजनेशमा नै व्यस्त रहेका छन् । उनको माइलो दाइ मारियानो ड्याबाला जिमनेस्टीकका खेलाडी हुन् ।
पाउलोको प्रेमकथा
एन्टोनेला काभालेइरी र पाउलोको प्रेम सम्बन्ध सामाजिक सञ्जालका कारण अत्यन्त चर्चामा रह्यो । एन्टोनेलासँग सम्बन्ध तब चर्चामा आयो जब पाउलो युभेन्ट्स क्लबमा आएपछि चर्चामा रहे ।
यी अर्जेन्टाइन सुन्दरीको इन्स्टाग्राममा २८० हजार फलोर्सहरु रहेका छन् । सन् २०१५ मा उनीहरुको लब अफयेर्सबारे खुलासा भएको थियो ।
पाउलोलाई ग्यालिडिएटर फिल्म अत्यन्त मनपर्छ । उनले यो फिल्म ३० पटकभन्दा बढी हेरेका छन् । यस फिल्ममा रहेका सम्वादका कारण पनि उनी यो फिल्म दोहोराएर हेर्ने गर्छन् ।
स्कुल तथा कलेजहरुमा उनले साना लिगहरुमा आफ्नो कमाल देखाइसकेका छन् । सन् २०१० पछि भने उनले व्यवसायिक फुटबल खेल सुरु गरेका थिए । उनले पहिलो सिजनमा नै प्रमुख स्टाइकरमा स्थान पाए । उनको चर्चा पुरै अर्जेन्टिना भरि हुन थालेपछि युरोपका प्रतिष्ठित क्लबले उनलाई आफ्नो क्लबमा भित्राउन ठुलै प्रयास गरे । अन्तत उनले युभेन्ट्स जाने निर्णय गरे ।
उनी नयाँ म्याजिकल मेस्सी भएको चर्चा चौतर्फी चल्न थाल्यो । उनी इटालीमा बस्न चाहेको इच्छाले पनि युभेन्ट्समा उनको आकर्षण बढ्यो । रियल मड्रिडले उनलाई अनुबन्ध हरसम्भव प्रयास गरेको थियो । तर, उनले युभेन्ट्स जान चाहेको कारण अन्य क्लब निराश भए ।
पाउल पोग्वाले युभेन्ट्स छाडेपछि उनलाई क्लबले १० नम्बर जर्सी दिएको थियो ।
युभेन्ट्समा हाल विश्वस्तीय खेलाडीहरु मारियो माण्डुजकी, हिगुइन जस्ता चर्चित स्टाइकरसँग उनी प्रतिस्पर्धा गरिरहेका छन् । केही समय अगाडि उनी बार्सिलोना जाने हल्ला पनि चलेको थियो । तर, क्लबले बेच्न मानेन । उनले सानो समयमा गरेको यो प्रगतिले पनि फुटबल विश्लेषकहरुलाई अचम्मित बनाएको छ । अब उनको यात्रा कुन फुटबल क्लबमा हुनेछ धेरैको चासोको विषय बनेको छ । युभेन्ट्स आएपछि उनले लिग उपाधिका साथ अन्य कप उपाधिहरु जित्न सफल भएका छन् । – एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया