करण जोहरले आफ्नो शो ‘कफी विथ करण’मा सेलिब्रेटीहरुको पोल खोल्ने गरेका छन् । यसमा उनी अतिथिसँग उनीहरुका निजी जीवनका विभिन्न पाटाहरुलाई लिएर कुराकानी गर्छन् ।
यसैबीच हालै उनले अभिनेता रणबीर कपूरको एक पोल खोलेका छन् । करणको अनुमति बिना रणबीरले उनको मोबाइलको लक खोल्ने गर्छन् । करणले रणबीरलाई त्यसप्रकारको बानी सुधार्नका लागि सम्झाए पनि उनी मान्दैनन् । कुनैबेला त उनी रणबीरसँग रिसाउँछन् पनि । तर, रणबीर उनी रिसाएपनि आफ्नो बानी सुधार्दैनन् । रणबीर उनको मोबाइल खोलेर पर्सनल म्यासेजहरु हेर्न खोज्छन् । रणबीरले हद नै नाघेपछि उनले मोबाइलको लक (पासवर्ड) परिवर्तन गर्छन् । पछि उनी पुन: मोबाइलको लक थाहा पाउँछन् र उनलाई हैरान बनाउन थाल्छन् ।
तपाईलाई बताऔं कि करण र रणबीर निकै नै मिल्ने साथी हुन् । उनीहरुले एकअर्कासँग लामो समय समेत बताउँछन् । यसकारण उनी करणसँग जिस्किरहन्छन् र हैरान समेत बनाउँछन् । – एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया