जोर्डनकी रानी रानीया संसारकै सबैभन्दा सुन्दर दरबारियामा पर्छिन् ।
राजा अब्दुल्ला द्वितीय राजकुमार छँदा नै सन् १९९३ को जनवरीमा दुवैबीच विहेको घोषणा गरिएको थियो । त्यसको दुई महिनामै उनीहरुले बिहे गरेका थिए ।
रानी रानीयाका चार सन्तान छन् । उदार मनले दान गर्नका लागि उनले संसारभर ख्याति कमाएकी छन् ।
जोर्डनमा बालबालिकाहरुको उचित शिक्षाका लागि उनले ठूलो मिहिनेत गरेकी छिन् ।
उनी विश्वका बालबालिकाहरुको शिक्षाका लागि संसारभरका नेताहरुले जनाएको प्रतिबद्धता पूरा गर्नका लागि घच्घच्याउने काम गर्छिन् । – एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया